३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


छोरी बलात्कार आरोपमा बाबु पक्राउ


0
Shares

चितवन, चैत २९ । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएको उनलाई चितवन ल्याइ अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीकाअनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो ।

उनले आफ्नै १५ वर्षीया छोरीलाई पटक–पटक करणी गरेको भन्दै छोरीले केही दिनअघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थिइन् ।

नुवाकोटबाट पक्राउ परेका उनलाई बिहीबार चितवन ल्याइएको हो ।

तीनदिने नवजात शिशुको उद्धार

यसैबीच, जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार तीनदिने नवजात शिशुको उद्धार गरेको छ ।

भरतपुर महानगरपालिका–२९, अनमोल होटलअगाडि बेवारिसे अवस्थामा भेटिएकी शिशुको उद्धार गरिएको हो ।

कपडामा बेरेर राखेको अवस्थामा भेटिएको नवजात शिशुको उद्धारपछि उपचारका लागि पुरानो मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ ।

नवजात शिशुलाई बेवारिसे अवस्थामा छाड्ने आमाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस