धनगढी, चैत २९ । बालिका करणी गरेको अभियोगमा कैलालीको भजनी नगरपालिका–८ का २५ वर्षीय भुखाली डगौरालाई प्रहरीले पक्राउ गरेको छ ।
ललाइ–फकाइ गरी सोही ठाउँकै लालबहादुर डगौराको घरको कोठामा राखेर बुधबार १३ वर्षीया बालिकालार्ई करणी गरेको जाहेरी परेपछि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
चन्द समूहका पक्राउ
यसैबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कैलाली, बर्दगोरिया गाउँपालिकाका नेता डम्बर बम र उदयराम थापालाई पक्राउ गरी उनीहरुमाथि मुद्दा चलाइएको छ ।
पक्राउ परेकाको साथबाट विभिन्न दस्तावेजसहित रु एक लाख ३५ हजार ९९० समेत बरामद गरिएको प्रहरीले शुक्रबार जनाएको छ । रासस




प्रतिक्रिया दिनुहोस्