२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आईसीसीका प्रमुख कार्यकारी अधिकृत आज नेपाल आउने


0
Shares

काठमाडौं, भदौ १९ । नेपाल क्रिकेट संघको विवाद समाधानको प्रयास गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रमुख कार्यकारी अधिकृत सिईओ डेभिड रिचार्डसन आज नेपाल आँउदैछन ।

तीन सदस्यीय आईसोसी टोलीमध्ये दुई जना शनिबार नै काठमाडौं आइपुगेका छन् । आईसीसीका एसोसिएट प्रमुख ईमरान ख्वाजा र डेभलपमेन्ट अफिसर अमर शेख हिजै काठमाडौं आईसकेका छन् ।

सिईओ रिचार्डसन आज काठमाडौं आईपुगेलगतै टोलीले सरोकावाला पक्षसँग भेटघाट थाल्नेछ ।

गत महिनासम्पन्न आईसीसी बोर्ड बैठकमा एसियाली क्रिकेट परिषद् एसीसीका प्रतिनिधिहरुले नेपाली क्रिकेटको विवाद समाधानका लागि दबाब दिएपछि आईसीसीले फेरी अग्रसरता लिएको हो ।

विवाद समाधानमा नेपालका सरोकावाला पक्षले गरिरहेका प्रयासबारे बुझ्न र आगामी कदम चाल्न आईसीसीको उच्चस्तरीय टोली नेपाल आएको हो ।

टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुदमन्त्री दलजीत श्रीपाईलीसँग भेटघाट र कुराकानी गर्ने तयारी गरेको छ । उक्त भेटघाटपछि आई.सी.सी.कै पहलमा एउटा कार्यदल गठन गर्ने योजना छ ।