३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आठौं राष्ट्रिय खेलकुदः पहिलो स्वर्ण पुलिसलाई


0
Shares

घोराही, चैत २८ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णपदक नेपाल पुलिस क्लबले जितेको छ ।

दाङको घोराहीमा जारी टेबलटेनिस प्रतियोगितामा महिला समूहगत प्रतिस्पर्धामा पुलिस क्लबले स्वर्ण जितेको हो ।

उक्त प्रतिस्पर्धामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ ले हराएको हो ।

सो स्पर्धामा पुलिस क्लबकी एलिना महर्जनले एपीएफ क्लबकी सेलिषा खड्गीलाई ३–२ र पुलिसकै नविता श्रेष्ठले एपीएफकी अनिता महर्जनलाई ३–० ले हराइन् ।

यस्तै, एपीएफ क्लबकी सिक्क सुवालले पुलिसकी मञ्जु सुवाललाई ३–१ ले पराजित गरिन् ।

अन्तिममा पुलिस क्लबकी नविता श्रेष्ठले एपीएफकी सेलिषा खड्गीलाई ३–१ ले हराउँदै आफ्नो टोलीलाई पहिलो स्वर्णपदक दिलाएकी हुन् । रासस