२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुई सय रोपनी जग्गा ३८ बर्षदेखि बेबारिसे (भिडियो हेर्नुहोस)


0
Shares

-कविराज घिमिरे, ईमेज

धनकुटा, भदौ २० । क्षेत्रीय अस्पताल बनाउन धनकुटाको हिलेमा अधिग्रहण गरिएको जग्गा बेवारिसे बनेको छ ।

३८ वर्षअघि २०३५ सालमा अधिग्रहण गरिएको जग्गा व्यवस्था परिवर्तनसँगै अलपत्र परेको हो ।

२०३५ सालमा तत्कालिन सरकारले क्षेत्रीय अस्पताल वनाउन धनकुटाको हिलेमा अधिग्रहण गरेको जग्गा बेवारीसे बन्दै गएको छ ।

सरकारी स्तरवाट अस्पताल निर्माणको पहल सुरु गरिएपछि ३७ बर्ष अघि स्थानीयले सरकारलाई हस्तान्तरण गरेको जग्गा प्रयोगबीहिन हुंदा गौचरणमा परिणत भएको हो ।

तत्कालिन स्वास्थ्य मन्त्री पदमसुन्दर लावती हिले आई क्षेत्रीय अस्पताल वनाउने भनेर जग्गा अधिग्रहण कार्य सुरु गरिएको थियो ।

तर, तत्कालिन सरकार परिवर्तन संगै क्षेत्रिय अस्पताल निर्माणको कार्य ओझेल पर्दै गएको स्थानीय नीलबहादुर घिमिरे बताउँछन् ।

अस्पताल निर्माणको कार्य ओझेल परे संगै सो जग्गा अरुण तेस्रो प्रोजेक्टलाई हस्तान्तरण गरिएको क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

तर अरुण तेस्रोले पनि सो जग्गा प्रयोग नगरी बेवारीसे वनाउंदा जग्गा दाताहरु निरास बनेका हुन् । ठुलो अस्पताल बन्ने आशामा पितापुर्खा देखि कमाइल्याएको जग्गा मन नलाग्दा नलाग्दै छोडेको तितो यथार्थ पोख्छन् जग्गा दाता श्याम तामाङ्ग

हिले वजार सँगै रहेको करिव दुई सय रोपनी जग्गाको केही भागमा नेपाल विद्युत प्राधिकरणले आफ्नो कार्यालय भवन राखेर दैनिक कार्य सञ्चालन गर्दै आएको छ भने केही भाग सुकुम्वासीले बासस्थानको रुपमा प्रयोग गर्दै आएका छन् ।

सुकुम्वासीको अधिग्रहणमा पर्दै आएको सो जग्गा सरकारी नियमअनुसार चाँडो भन्दा चाँडो प्रयोगमा ल्याउन स्थानीय मदन मैनालीको माग छ ।

ठुला आश देखाउने तर देखाएको आशा अनुरुपका कुनै पनि कार्य अगाडी नबढाउने सरकारी नियतका कारण सर्बसाधारण जनता भने बाक्क बन्दै गएका छन् ।

बर्षौ अघिदेखि बेवारीसे अबस्थामा सो जग्गा चाँडो भन्दा चाँडो प्रयोगमा ल्याउन तर्फ सम्बधित निकायको ध्यान जानु जरुरी छ ।