
काठमाडौं, भदौ २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धको जन्मस्थल नेपालमा विश्वका एक अर्ब बौद्ध धर्मावलम्बीमात्रै आउने वातावरण सिर्जना गर्न सकियो भने विश्वभर शान्ति सन्देश प्रवाह गर्नुका साथै नेपालको आर्थिक र पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने बताएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बुद्धिष्ट एशोसिएसन अफ चाइनाका अध्यक्ष माष्टर छन् ह्वासहितको टोलीसँग भेट गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले बुद्धको शिक्षा सार्वभौम रहेको र यो सर्वकालका लागि मान्य हुने बताउँदै विश्व शान्ति चाहने सबैका लागि उपयोगी रहने चर्चा गरे ।
प्रधानमन्त्री दाहालले अशोकाको भुमिका युद्धबाट फर्केर शान्तिका लागि भएजस्तै आफू पनि युद्धबाट शान्ति प्रक्रियामा आएको र नेपालमा जन्मेका गौतम बुद्धको सन्देश विश्वभर फैलाउन सकारात्मक योगदान पु¥याउन चाहेको बताए ।
प्रतिक्रिया दिनुहोस्