२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘न्यूनतम् पारिश्रमिक लागू भए/नभएको अनुगमन गर्न गठन हुने समितिमा बस्दैनौं’


0
Shares

काठमाडौं, भदौ २४ । छापा तथा विद्युतीय सन्चारमाध्यमहरु सम्बद्ध संघ–संस्थाहरुले न्यूनतम् पारिश्रमिक लागू भए/नभएको विषयमा अनुगमन गर्न गठन हुने कुनैपनि समितिहरुमा आफूहरुको प्रतिनिधित्व नहुने बताएका छन् ।

मिडिया सोसाइटी नेपालका अध्यक्ष पुस्करलाल श्रेष्ठ, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झा, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मोहन चापागाइँले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

उनीहरुले मिडिया सन्चालकहरुका प्रतिनिधिसमेत नरहेको न्यूनतम् पारिश्रमिक समितिले सिफारिस गरेको पारिश्रमिकप्रति नै आफूहरुको असहमति रहेको भन्दै सरकारले गठन गर्ने अनुगमन समिति वा उपसमितिहरुमा नबस्ने बताएका हुन् ।