Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


अपहरणको आरोपमा चारजना पक्राउ


0
Shares

भक्तपुर, चैत २६ । महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७, बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौं महानगरपालिका–६, बौद्ध, चाबहिलका २९ वर्षीय रमेश लामा, कपन, चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा, बुधबारे–३ घर भइ हाल कामपा–१५, डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक शिशु शर्माले जानकारी दिए ।

उनीहरुलाई चाँगुनारायण नगरपालिका–९, ताथली, हलालगाउँमा डेरा गरी बस्ने झापा, दमक नगरपालिका–९, दुधेका २५ वर्षीय सन्तोष तुम्बापुलाई अपहरण गरेको आरोप लागेको छ ।

तुम्बापुलाई बा९च १८०१ नम्बरको कारमा जबर्जस्ती राखेर लगिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका–९, ब्रह्मायणीबाट नियन्त्रणमा लिइ तुम्बापुको उद्धार गरिएको शर्माले जानकारी दिए ।

अपहरणमा प्रयोग भएको गाडीसहित पक्राउ परेका चारैजनालाई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान थालिएको उनले बताए । रासस