२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कालीगण्डकी नदीमाथि बन्जी जम्प निर्माण सुरु


0
Shares

पर्वत, भदौ २९ । साहसिक पर्यटकलाई आकर्षित गर्न नीजि क्षेत्रको लगानीमा पर्वतमा मुलुककै नमुना बन्जी जम्प निर्माण सुरु गरिएको छ ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान गाविस स्थित नेपाने जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल निर्माण गरेर बन्जी जम्प सञ्चालन गर्ने तयारी गरिएको हो ।

बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टिप्रपोज प्रा.लि.ले आफ्नै लगानीमा पुल निर्माणको कामलाई अगाडि बढाएको छ ।

कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीमा १२ करोड रुपैयाँको लागतमा ५ सय ३५ मिटर लम्बाई र २ सय २५ मिटर उचाईको पुल निर्माण गरी बन्जी जम्प निर्माण गर्न सुरु गरिएको हो ।

कम्पनीले बन्जी खेल्न आउने पर्यटकका लागि रिसोर्टसमेत निर्माण सुरु गरेको छ ।