१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्री दाहाल आज महत्वपूर्ण भेटवार्तामा दिनभर व्यस्त रहने


0
Shares

काठमाडौं, भदौ ३१ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार दिनभर महत्वपूर्ण भेटवार्तामा व्यस्त रहने भएका छन् ।

दाहालले स्थानीय समयअनुसार बिहान ९ बजे भारतीय राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सनमा भाग लिनेछन् । सो अवसरमा उनले गार्ड अफ अनरको निरीक्षण गर्नेछन् ।

त्यसैगरी बिहान ९ः३० मा दाहाल राजघाट पुगेर महात्मा गान्धीको समाधीमा श्रद्धान्जलि अर्पण गर्नेछन् । लगत्तै उनी राष्ट्रपति भवनमै फर्कनेछन् ।

बिहान १०ः३० मा उनीसँग राष्ट्रपति भवनमै भेटवार्ताका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज पुग्नेछिन् । करिब एक घण्टापछि प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेट वार्ता हुनेछ ।

प्रधानमन्त्री दाहालसँग शुक्रबार नै भारतका वित्तमन्त्री अरुण जेटली, विद्युत मन्त्री पियुष गोयलले भेट वार्ता गर्नेछन् ।

शुक्रबार नै दाहालले भारतका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भारतीय व्यापारीहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।