१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


इपीएल क्रिकेटमा पञ्चकन्या र विशाल वारियर्स विजयी, पारसले हाने ९९ रन


0
Shares

काठमाडौं, असोज १० । घरेलु ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपीएल)का सोमबारका खेलमा पञ्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन् ।

पञ्चकन्याले कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले हरायो । पञ्चकन्याले आसिफ शेखको ६७ तथा कप्तान शरद भेषावकरको ४० रनको मद्दतले ३ विकेटको क्षतिमा १५४ रन बनायो ।

जवाफमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको एक्स फ्याक्टर्सले ८ विकेटको क्षतिमा १२० रनमात्र बनाउन सक्यो । म्यान अफ द म्याच शरदले ३ विकेटसमेत लिए ।

सोमबारै भएको अर्को खेलमा विशालले सगरमाथा लिजेन्ट्सलाई २५ रनले हरायो ।

विशालले कप्तान पारस खड्काको ४५ बलमा ९९ रनको मद्दतले ४ विकेटको क्षतिमा १७४ रन बनायो । जवाफमा सगरमाथा ५ विकेटको क्षतिमा १४९ रनमा समेटियो ।

सुनील धमलाले ६० बलमा ८७ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।

कीर्तिपुर मैदानमा जारी लिगमा ६ टिम सहभागी छन् ।