१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


बार्सिलोना र आर्सनल विजयी, कुन–कुन टिम पराजित भए ?


0
Shares

काठमाडौं असोज १३ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा शीर्ष क्लबहरु बार्सिलोना र आर्सनल विजयी भएका छन् ।

म्यानचेस्टर सिटीलाई सेल्टीकले बराबरीमा रोक्दा बायर्न म्युनिखलाई एथ्लेटिको मड्रिडले पराजित गरेको छ ।

समूह ए को खेलमा इङ्लिस क्लब आर्सनलले स्वीसट्जरल्याण्डको एफसी बाजललाई २-१ ले हरायो ।

यही समुहको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३-१ ले हरायो ।

समूह बी का खेलमा टर्कीस क्लब बेसिक्तास र युक्रेनको डाइनामो किभले १-१ गोलको बराबरी खेल्दा ईटालीको नापोलीले पोर्चुगलको बेनीफीकालाई ४-२ ले हरायो ।

समुह सी का खेलहरुमा इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई स्कटल्याण्डको सेल्टीकले ३-३ गोलको बराबरीमा रोकेको छ ।

यही समुहको अर्को खेलमा स्पेनको बार्सिलोनाले जर्मनीको बोरुसिया एम्ब्याचलाई २-१ ले हराएको छ ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत समुह डी का खेलहरुमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई १-० ले हराउँदा रुसको एफ.सी रोस्तोभ र नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनले २-२ गोलको बराबरी खेलेका छन् ।