
काठमाडौं, असोज १३ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले अंकतालिकाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
लिगअन्तर्गत् बुधबार स्थगित भएको खेल विहीबार हल्चोक मैदानमा भएको हो । खेलमा आरसीटीलाई पुल्चोक स्पोर्टस् क्लबले गोलरहित बराबरीमा रोकेको हो ।
यो बराबरीसँगै आरसीटीको उपाधि यात्रामा धक्का लागेको छ । लिगमा ११ खेल खेलेको आरसीटीको २१ अंक छ ।
‘बी’ डिभिजन लिगअन्तर्गत् विहीबारै भएको दोस्रो खेलमा ब्वाइज युनियन क्लब र बाँसबारी क्लबले पनि बराबरी खेलेका छन् ।
हल्चोक मैदानमै भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । बाँसबारीले खेलमा दुईपटक लिएको अग्रता जोगाउन सकेन ।
बाँसबारीका लागि प्रदीप बोगटी र अन्जन देभकोटाले गोल गर्दा ब्वाइज युनियनका लागि जय गुरुङ र विष्णु रुम्बाले १–१ गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
श्री कुमारी क्लबका अफिसियल र समर्थकले मैदानमै रेफ्रीमाथि हातपात गरेपछि स्थगित भएको ‘बी’ डिभिजन लिग विहीबार देखि सुचारु भएको हो ।
प्रतिक्रिया दिनुहोस्