१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


च्यासल युथ क्लब ‘ए’ डिभिजन लिगमा बढुवा, सामाजिक ‘सी’मा घटुवा


0
Shares

काठमाडौं, असोज १५ । च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।

‘बी’ डिभिजन लिगको १२औं खेलमा शनिबार आरसीटीलाई २–१ ले पराजित गरेसँगै च्यासल युथ क्लब जारी लिगबाट ए डिभिजनमा बढुवा हुने पहिलो टिम बनेको हो ।

च्यासललाई जिताउन विनोद केसी र महावीर भण्डारीले एक–एक गोल गरे । च्यासलको १२ खेलबाट २५ अंक भएको छ । ११ खेलबाट २२ अंक बटुलेको एनआरटी दोस्रो स्थानमा छ ।

१२ खेलबाट २२ अंकको सातदोबाटो युथ क्लब तेस्रो स्थानमा उक्लिएको छ भने १२ खेलबाट २१ अंकको आरसीटी चौंथो स्थानमा झरेको छ ।

सामाजिक रेलिगेसनमा
सामाजिक युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।

१२औं खेलमा शनिबार सातदोबाटो युथ क्लबसँग २–१ ले पराजित हुँदै सामाजिक एक खेल खेल्न बाँकी छँदै रेलिगेसनमा परेको हो ।

सामाजिकको १२ खेलबाट ८ अंकमात्र छ । यसअघि, महावीर क्लब १२ खेलबाट ४ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परिसकेको छ ।

१४ टोली सहभागी बी डिभिजन लिगमा दुई टोली रेलिगेसनमा पर्नेमा सामाजिक र महावीर परेका हुन् ।

उपाधि भिडन्त भने रोमान्चक हुँदैछ । प्रतिस्पर्धामा रहेको श्रीकुमारी क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निस्पक्ष छानबिनबिना दुई वर्षे प्रतिबन्ध लगाएपछि भने बी डिभिजन लिग विवादमा परेको छ ।