
काठमाडौं, असोज १७ । स्पेनिस लिग फुटबलमा दावेदार टोली बार्सिलोना पराजित हुँदा रियाल मड्रिड बराबरीमा रोकिएको छ ।
ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनालाई सेल्टा भिगोले ४-३ ले हराएको हो । खेलमा सेल्टा भिगोका पियोने सिस्टो, ईयागो आसपास र पाब्लो हर्नान्डेजले एक एक गोल गरेका थिए ।
बार्सिलोनाकै जेरेमी म्याथ्युले एक आत्माघाति गोल गरेका हुन् । पहिलो हाफमै ३-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि परिणाम उल्टाउन भने सकेन ।
बार्सिलोनाका जेरार्ड पिकेले दुई तथा नेईमारले एक गोल गरेपछि खेल सेल्टा भिगोले ४-३ ले जितेको हो ।
अर्जेन्टाईनी स्टार लिायनेल मेस्सी घाईते भएका कारण मैदान बाहिर रहँदा बार्सिलोनाले सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन ।
ला लिग अन्तर्गतको अर्को खेलमा रियाल मड्रिडलाई आईबारले १-१ गोलको बराबरीमा रोकेको छ । खेलमा आईबारका फ्रान रिकोले पहिलो गोल गरेपनि रियाल मड्रिडका ग्यारेथ बेलले बराबरी गोल गरेका हुन् ।
ला लिगा अन्तर्गतका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई २-० ले हराँउदा मालागाले एथ्लेटिक बिल्बाओलाई २÷१ ले पराजित गरेको छ ।
रातीका खेलहरुपछि स्पेसिन लिगको अंक तालिकामा ७ खेलबाट १५ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा उक्लिएको छ ।
समान १५ अंक जोडेको रियाल मिड्रड दोस्रो स्थानमा छ भने १४ अंकको साथ सेभीया तेस्रो तथा १३ अंक जोडेको बार्सीलोना चौथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्