१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


इपीएल क्रिकेट पन्चकन्याले जित्यो, पायो पाँच लाख, आसिफ शेखको विस्फोटक शतक


0
Shares

काठमाडौं, असोज १७ । पहिलो एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको उपाधि पन्चकन्या तेजले जितेको छ ।

सोमबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउँदै पन्चकन्याले उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको पन्चकन्याले ‘म्यान अफ द फाइनल’ आसिफ शेखको अविजित शतकीय इनिङको मद्दतले ४ विकेटको क्षतिमा १७१ रन बनायो । विकेटकिपर ब्याट्सम्यान शेखले ८ छक्का र ७ चौकाको मद्दतले ६४ बलमा १११ रन बनाए ।

जवाफमा एक्स फ्याक्टर्सले १७ ओभर ३ बलमात्र क्रिजमा टिकेर १३१ रनमात्र बनाउन सक्यो ।

कप्तान ज्ञानेन्द्र मल्लले ३२ बलमा सर्वाधिक ४७ रन बनाएको इनिङमा ८ खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

पन्चकन्याका करण केसीले ३ तथा कप्तान शरद भेषावकर र सुनील कँडेलले समान २–२ विकेट लिए ।

जितसँगै पन्चकन्याले पाँच लाख रुपैयाँ जित्न सफल भएको छ । विजेतालाई भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान अजय जडेजाले पुरस्कत गरे ।