१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


फिफाले गर्‍यो विश्वका ११ देशलाई कारवाही, यी हुन कारवाही भोग्ने देश


0
Shares

काठमाडौं, असोज १९ । विश्व फुटबल महासंघ फिफाले ११ देशका फुटबल संघलाई जरिवानासहितको कारवाही गरेको छ ।

सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलको छनोट खेलका क्रममा समर्थकको उच्छृङ्खल क्रियाकलाप एवं भेदभावपूर्ण व्यवहारका कारण यी देश कारवाहीमा परेका हुन् ।

कारबाहीमा पर्ने देशहरुमा ब्राजिल र अर्जेन्टिना पनि छन् । दक्षिण अमेरिकी महादेशकै पाराग्वे, चिली र पेरु पनि कारबाहीमा परेका छन् ।

यसैगरी युरोपबाट ईटाली र अल्बानिया कारवाहीमा पर्दा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु होण्डुरस, एल साल्भाडोर, मेक्सिको र क्यानडा पनि कारवाहीमा परेका छन् ।

कारवाहीमा पर्नेहरुमध्ये १० राष्ट्रलाई आर्थिक जरिवाना गराइएको छ भने चिलीले आफ्नो देशमा भेनेजुएला विरुद्ध हुने विश्वकप छनोट खेल बन्द रंगशालामा कुनै समर्थकबिना नै खेल्नुपर्ने भएको छ ।