Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


खाजाघरबाट गाँजासहित सन्चालक र चार युवती पक्राउ


0
Shares

भक्तपुर, जेठ २९ । महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटोमा सन्चालित गगनचुम्बी खाजाघरबाट लागुऔषध गाँजासहित सन्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ ।

खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका–४ घर भइ हाल चारदोबाटोमा खाजाघर सन्चालन गर्दै आएका सन्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए ।

सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ । रासस