
रसुवा । रसुवामा पहिलोपटक सार्वजनिक यातायातको बस पुगेपछि स्थानीय खुसी भएका छन् ।
रसुवाको नौकुण्ड गाँउपालिकाको यार्सामा गाँउसम्म सडक पुगेपछि सार्वजनिक यातायातको बस पहिलो पटक पुग्दा स्थानीय खुशी भएका हुन् ।
स्थानीय सरकार बनेपछि गाँउपालिकाले बनाएको कृषि सडकमा पासाङल्यामु यातायातको बस पुगेपछि उनीहरु दंग परेका हुन् ।
गाँउबाटै बस सेवा सुरु भएपछि त्रिशुली, काठमाण्डौ तथा तराईसम्म जान सहज भएको छ ।
तामाङ जातिको मात्र बसोबास रहेको यस गाँउमा बस सेवा संनचालनमा आएपछि गाँउका बासिन्दाले बसको पूजासमेत गरेका थिए ।
जिल्लाको सबैभन्दा दुर्गम स्थानमा रहेको यस गाँउमा सार्वजनिक यातायातको साधन चढ्न तीन घन्टाको पैदल यात्रा गरेर जानु पर्ने बाध्यता थियो ।
प्रतिक्रिया दिनुहोस्