
काठमाडौं । नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणामअनुसार प्रगतिशील पक्षबाट अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिएका छन् ।
श्रेष्ठले दुई हजार चार सय ४५ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोख्रेलले दुई हजार तीन सय ७५ मत ल्याएका छन् ।
महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल नै अग्रपंक्तिमा छन् ।
पौडेलले २ हजार ४ सय ५४ मत ल्याउँदा प्रगतिशीलतर्फका सुरेन्द्रबहादुर थापाले २ हजार ३ सय १४ मत प्राप्त गरेका छन् ।
मत गणना जारी छ ।
नेपाल बारको नयाँ नेतृत्वका लागि गत शनिबार काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।
२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्