
काठमाडौं, असोज २३ । विश्वकप छनोट फुटबल चरणअन्तर्गत् शनिबार राति भएका खेलहरुमा जर्मनी र इंग्ल्यान्ड विजयी भएका छन् ।
समूह ‘सी’को खेलमा जर्मनीले चेक गणतन्त्रलाई ३–० ले हरायो । जर्मनीका लागि थोमस मुलरले दुई तथा टोनी क्रुसले एक गोल गरे ।
यही समूहका अरु खेलहरुमा नर्दन आयरल्यान्डले सान मारिनोलाई ४–० ले तथा अजरबैजानले नर्वेलाई १–० ले हराएका छन् ।
यसैगरी समूह ‘एफ’को खेलमा इंग्ल्यान्डले माल्टालाई २–० ले हराएको छ । खेलमा इंग्ल्यान्डलाई विजयी गराउन ड्यानिएल स्टरिज र डेले अलीले एक–एक गोल गरे ।
यही समूहका अरु खेलहरुमा स्लोभेनियाले स्लोभाकियालाई १–० ले हराउँदा स्कटल्यान्डले लिथुआनियासँग १–१ गोलको बराबरी खेलेको छ ।
यस्तै, समूह ‘इ’का खेलहरुमा पोल्यान्डले डेनमार्कलाई ३–२ ले हराउँदा रोमानियाले अर्मेनियालाई तथा मान्टेनेग्रोले काजखस्तानलाई ५–० ले हराएका छन् ।
विश्वकप छनोटअन्तर्गत् अफ्रिकी महादेशका खेलहरुमा आइभोरी कोस्ट, सेनेगल र कंगो विजयी भएका छन् ।
आइभोरी कोस्टले मालीलाई ३–१ ले हराउँदा कंगोलेलाई लिबियालाई ४–० ले तथा सेनेगलले केप भर्डेलाई २–० ले हराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्