
काठमाडौं, चैत २० । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगहरुलाई विवादमा ल्याउने प्रयास भइरहेको गुनासो गरेकी छन् ।
बुधबार राजधानीमा न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले राज्यका विभिन्न निकायप्रति जनतामा भ्रम फैलाउने प्रयास भइरहेको बताइन् ।
न्यायलयमा स्रोत–साधनको अभाव देखाएर समयमै न्याय नदिनु भनेको अन्याय नै हो भन्दै राष्ट्रपति भण्डारीले न्यायालयको सुदृढीकरण आवश्यक रहेको औंल्याइन् ।
अपेक्षित नतिजा दिन सकिएन : प्रधानन्यायाधीश
कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतले पछिल्लो समय अपेक्षित नतिजा दिन नसकिरहेको बताए ।
सर्वोच्च अदालतको मुद्दा फरछ्योटको अवस्था एकदमै नराम्रो स्थितिमा रहेको भन्दै उनले स्रोत–साधन र जनशक्ति अभावका कारण अपेक्षाअनुसार काम गर्न नसकेको जिकिर गरे ।
तीन दिनसम्म चल्ने सम्मेलनमा नयाँ मुलुकी संहिता कार्यान्वयनमा न्यायपालिकाको भूमिका, न्यायाधीश आचारसंहिता र कार्यान्वयन, न्यायपालिकाको भावी रणनीतिलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्