Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


बक्सरद्वय सन्तोष र पवन वर्ल्ड च्याम्पियानशिपमा छनोट


0
Shares

काठमाडौं, असोज २८ । बक्सरद्वय सन्तोष राई र पवन भट्टराई आइवा युथ वर्ल्ड च्याम्पियनशिपका लागि छनोट भएका छन् ।

रसियाको सेन्स पिटरवर्गमा नोभेम्बर १४ देखि २७ सम्म हुने प्रतियोगिताका लागि सुनसरीका सन्तोषले ५२ केजी तौल समूहको अन्तिम खेलमा मेगदुतका प्रदिप घिमिरेलाई स्पिलिटको आधारमा २–१ ले पराजित गर्दै वर्ल्ड च्याम्पियनशिपमा स्थान पक्का गरे ।

त्यस्तै नक्शालका पवनले ६४ केजी तौल समूहमा नक्शालकै सुमित पिठाकोटीलाई अंकका अधारमा पाखा लगाउँदै छनोट भए ।

नेपाल बक्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित केन्द्रीय बक्सिङ प्रशिक्षण केन्द्रमा संचालन भएको छनोट कार्यक्रममा राखेपका सदस्य नारायणप्रसाद पौडेल, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर लगायतको उपस्थिति थियो ।