१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नेपालसँग चीन चार विकेटले पराजित


0
Shares

हङकङ, असोज २९ । हङकङमा जारी विश्वकप महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाल अर्को चरण प्रवेशको होडबाट बाहिरिए पनि अन्तिम खेलमा चीनलाई पराजित गर्न सफल भएको छ ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई चार विकेटले पराजित गरेको हो ।

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो । यसअघि नेपालले चीन र हङकङलाई पराजित गरेको थियो ।

शनिबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको चीनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाएको थियो ।

८६ रनको विजयी लक्ष्य पाएको नेपालले १५ बल बाँकी छँदै ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । नेपालका लागि नेरी थापाले सर्वाधिक २२ रनको योगदान गरिन् ।

यस अतिरिक्त सीता रानामगरले २०, रुबीना क्षेत्रीले अविजित १३ र इन्दु बर्माले १० रन बनाइन् ।

बलिङतर्फ रुबीनाले दुई तथा निर्मला कुमारी र करुणा भण्डारीले एक/एक विकेट लिए ।

एसियाली समूहबाट अन्तिम खेलमा हङकङसँग भिड्नुपूर्व नै थाइल्याण्ड अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।