
काठमाडौं, कार्तिक १ । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका खेलहरुमा साउथ ह्याम्पटन र वाट्फोर्ड विजयी भएका छन् ।
आफ्नै मैदानमा भएको खेलमा साउथ ह्याम्पटनले बर्नलेलाई ३÷१ ले पराजित ग¥यो । खेलमा साउथ ह्याम्पटलाई विजयी गराउन चार्ली अस्टिनले दुई तथा नाथन रेडमण्डले एक गोल गरे ।
गएराति भएको अर्को खेलमा वाट्फोर्डले मिडिल्सब्रोलाई १÷० ले हरायो । मिडिल्सब्रोलाई उसैको मैदानमा पराजित गर्न वाट्फोर्डका होजे होलेबासले निर्णायक गोल गरे ।
इंग्लिश प्रिमियर लिग फुटबलमा सोमबार राति हुने एकमात्र खेलमा लिभरपुलले म्यान्चेस्टर युनाईटेडको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्