२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


‘आमाको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्थामा परिमार्जन आवश्यक’


0
Shares

काठमाडौं, चैत १९ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधयेक राष्ट्रघाती भएको भन्दै यसलाई जस्ताको तस्तै पारित गर्न नहुने सरोकारवालाहरुले बताएका छन् ।

नागरिकता विधयेकविरुद्ध संघर्ष समन्वय समितिले मंगलबार राजधानीमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरुले बाबुको पहिचान नभइ आमाको स्वघोषणाको आधारमा नागरिकता दिने व्यवस्थामा परिमार्जन आवश्यक रहेको बताए ।

अहिले आएको संशोधन विधयेकले नक्कली नागरिकता लिएका व्यक्तिका सन्तानहरुलाई पनि वंशजको नागरिकता दिलाउन सहज बनाएको दाबीसमेत उनीहरुको थियो ।

संशोधन विधयेकमा रहेका त्रुटिहरु नसच्चाइ जस्ताको तस्तै पारित गरिए केही समयभित्रै नेपालमा वास्तविक नागरिकभन्दा अनागरिकहरुको बाहुल्यता हुने तर्क पनि सरोकारवालाहरुको थियो ।