
काठमाडौं, चैत १९ । आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ ।
योसँगै हावाहुरीको चपेटामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
घाइते भएका फेटा गाउँपालिका–६, पुरैनियाका फिरोज अन्सारीका ५ वर्षीय छोरा फैयाज आलमको उपचारकाक्रममा मंगलबार मृत्यु भएको जनाइएको छ ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी अनन्तराम शर्माकाअनुसार वीरगन्जको नेसनल मेडिकल कलेजको आइसीयुमा उपचारकाक्रममा उनको मृत्यु भएको हो ।
घटनामा परी ४०० भन्दा बढी व्यक्ति घाइते छन् । उनीहरुको वीरगन्ज, बारा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्