
काठमाडौं, कात्तिक ४ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् विहीबार भएको पहिलो खेलमा शंखमुल फुटसल विजयी भएको छ ।
घरेलु ‘पिच’मा सम्पन्न खेलमा शंखमुलले सामाखुसी फुटसललाई ७–४ ले पराजित गरेको हो ।
जितसँगै समूह ‘बी’मा शंखमुलले ३ खेलमा २ जितका साथ ६ अंक जोडेको छ ।
विहीबारै भएको दोस्रो खेलमा बाँसबारीको चौर रिक्रिएसन सेन्टरले कपनको ह्वाइटहर्स फुटसलसँग २–२ गोलको बराबरी खेलेको छ ।
खेलमा घरेलु टोली चौर रिक्रिएसनले २–० को अग्रता लिएपनि मनोज प्रजापतिले ह्वाइटहर्सका लागि २ गोल गरेपछि अंक बाँड्न बाध्य बनेको हो ।
जारी प्रतियोगितामा यो पहिलो बराबरी नतिजा हो । यो बराबरीसँगै दुबै टोलीले समान ३ खेलबाट ४–४ अंक जोडेका छन् ।
प्रतिक्रिया दिनुहोस्