१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


सन्तोष न्यौपानेको ह्याट्रिकसँगै मोरङ फुटबल क्लब क्वार्टरफाइनलमा


0
Shares

चितवन, कात्तिक ४ । मोरङ फुटबल क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा विहीबार भएको खेलमा एपेक्स फुटबल क्लब कालिम्पोङ भारतलाई ४–१ ले पराजित गर्दै मोरङले अन्तिम आठमा ठाउँ बनाएको हो ।

सन्तोष न्यौपानेले ह्याट्रिक गरेसँगै मोरङले फराकिलो जित हासिल गरेको हो ।

खेलको ७औं मिनेटमा सन्तोषले गोल गर्दै मोरङलाई अग्रता दिलाए । त्यसको ७ मिनेटपछि नै मार्टिन अजयले गोल गर्दै मोरङको अग्रता दोब्बर पारे ।

खेलको २६औं मिनेटमा एपेक्स कालिम्पोङका लागि मनीष तामाङले गोल गरे ।

पहिलो हाफको अन्तिम समयमा सन्तोषले पुनः आकर्षक गोल गर्दै अग्रतालाई ३–१ मा पुर्‍याए । दोस्रो हाफमा सन्तोषले पेनाल्टीमार्फत् गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक पूरा गरे ।

खेलमा ह्याट्रिक गरेका मोरङका सन्तोष न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार युनाइटेड खर्साङ फुटबल क्लब भारत र संकटा क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।