
चितवन, चैत १९ । भरतपुर महानगरपालिका–२, क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीकाअनुसार पक्राउ पर्नेमा भारतको मोतीहारी घर भइ भरतपुर–२, क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेका छन् ।
उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
रेग्मीकाअनुसार सलको पासो लगाइ आत्महत्या गरेपछि अन्त्येष्टिका लागि बहिनीलाई नदीतर्फ लैजाँदै गरेको पक्राउ परेकाले बयान दिएका छन् ।
शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
पक्राउ परेकाको अनुसन्धान भइरहेको उनले बताए ।
सो परिवारले नारायणगढमा फलफूल बिक्री गर्ने गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्