Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


खर्साङलाई हराउँदै संकटा क्वार्टरफाइनलमा


0
Shares

चितवन, कात्तिक ५ । युनाइटेड खर्साङ फुटबल क्लब, भारतलाई ४–२ ले पराजित गर्दै संकटा फुटबल क्लब चितवनमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा शुक्रबार भएको खेलमा संकटाका लागि विश्व अधिकारी र निराजन खड्काले २–२ गोल गरे ।

खेलको १३औं र ७९औं मिनेटमा विश्व र २५औं र ७६औं मिनेटमा निराजनले गोल गरेका हुन् ।

पराजित युनाइटेड खर्साङका सुजय गुरुङले २ गोल फर्काए । उनले खेलको ८४औं र ८९औं मिनेटमा गोल गरेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका निराजन खड्का ‘म्यान अफ द म्याच’ घोषित भए ।