
काठमाडौं, कात्तिक ६ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शनिबार भएका खेलहरुमा ताहाचल फुटसल र किकअफ फुटसल विजयी भएका छन् ।
शनिबार भएको पहिलो खेलमा ताहाचलले कुमारी फुटसललाई उसकै ‘पिच’मा ६–२ गोलले हरायो ।
समूह ‘बी’मा रहेको कुमारीको प्रतियोगितामा यो पहिलो हार हो ।
शनिबारै भएको अर्को खेलमा किकअफ फुटसलले कौशलटारको इम्पेरियल फुटसललाई ७–३ ले पराजित गरेको छ ।
किकअफको पिच सीतापाइलामा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ‘म्यान अफ द म्याच’ प्रवेश जोशीले ह्याट्रिक पूरा गरे ।
जितसँगै जारी लिगमा ३ खेलमा शतप्रतिशत जित निकालेको किकअफ ९ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्