Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


ह्वाइटहर्स विजयी, शंखमूल र हरिसिद्धि फुटसलले बराबरी खेले


0
Shares

काठमाडौं, कात्तिक ९ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् मंगलबार भएको पहिलो खेलमा ह्वाइटहर्स फुटसल विजयी भएको छ ।

नीलोपुल–कपनको ह्वाइटहर्सले बालुवाटारको ढुकु फुटसल हबलाई उसकै ‘पिच’मा ३–२ ले पराजित गर्‍यो ।

प्रतियोगिताअन्तर्गत् मंगलबारै भएको समूह ‘बी’को खेलमा शंखमूल फुटसल र हरिसिद्धि फुटसलले ४–४ गोलको बराबरी खेलेका छन् ।

शंखमूलमा भएको खेलमा घरेलु टोलीले ३–१ ले पछाडि परेको स्थिति उल्ट्याउँदै पराजय टारेको हो ।