२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


मोरङलाई हराउँदै आर्मी फाइनलमा


0
Shares

चितवन, कात्तिक ११ । त्रिभुवन आर्मी क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा विहीबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल क्लबलाई २–० ले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीको जितमा खेलको ६६औं मिनेटमा सन्तोष तामाङ र ६७औं मिनेटमा राजु तामाङले एक–एक गोल गरे ।

खेलमा आर्मीका सन्तोष तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको अन्तिम सेमिफाइनलमा शुक्रबार मनाङ–मर्स्याङ्दी क्लब र संकटा क्लब आमने–सामने हुनेछन् ।

प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उपविजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । चितवनको फुटबलमा यो सर्वाधिक धनराशी हो ।