Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


यस वर्षको बालोन डी’ओर क्रिस्टियानोले जित्ने जिदानको दाबी


0
Shares

काठमाडौं, कात्तिक १३ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यस वर्षको बालोन डी’ओर क्रिष्टियानो रोनाल्डोले जित्ने दाबी गरेका छन् ।

विश्वको उत्कृष्ट वर्ष खेलाडीको अवार्डका लागि बार्सिलोनाका लियोनल मेस्सीभन्दा रोनाल्डो उपयुक्त रहेको जिदानले बताएका हुन् ।

अवार्डका लागि रोनाल्डोसहित ३० खेलाडी मनोनयनमा छन् । पोर्चुगललाई युरो कप २०१६ को उपाधि दिलाएका रोनाल्डोलाई अवार्डको मूख्य दाबेदार मानिएको छ । तर यो सिजन ला लिगामा रोनाल्डोले अघिल्ला सिजनमा जस्तो लगातार गोल गर्न सकेका छैनन् ।

रोनाल्डोले रियल मड्रिडका लागि यो सिजनका ९ खेलमा मात्रै चार गोल गरेका छन् । प्रशिक्षक जिदानले रोनाल्डोले क्लब तथा राष्ट्रका लागि गरेको प्रभावशाली प्रदर्शनका कारण बालोन डी’ओर आफ्नो पक्षमा पार्ने दाबी गरे ।