२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आर्सनल, बायर्न म्युनिख, एथ्लेटिको मड्रिड र पिएसजी नकआउट चरणमा


0
Shares

काठमाडौं, कात्तिक १७ । चर्चित क्लबहरु आर्सनल, पिएसजी, एथ्लेटिको मड्रिड र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३-२ ले हराउँदै इङलिश क्लब आर्सनलले अन्तिम १६ मा ठाउँ सुरक्षित गरेको हो ।

खेलमा आर्सनललाई विजयी गराउन ग्रानिट झाका, ओलिभर जिरु र मेसुत ओजीलले १÷१ गोल गरे । यही समुहको अर्को खेलमा स्विट्जरल्याण्डको एफसी बाजललाई २-१ ले हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजी पनि अन्तिम १६ मा पुगेको छ ।

च्याम्पियन्स लिगको समुह डी बाट एथ्लेटिको मड्रिड र बायर्न म्युनिख नक आउट चरणमा पुगेका छन् । स्पेनको एथ्लेटिको मड्रिडले रुसको एफसी रुस्तोभलाई २-१ ले हराउँदा जर्मनीको बायर्न म्युनिखले नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनलाई २-१ ले पराजित ग¥यो ।

च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर सिटीले स्पेनको बार्सिलोनालाई ३-१ ले हरायो । सिटीका लागि ईके गुन्डोगानले दुई तथा केभिन डे ब्रायनले एक गोल गरे । पराजित टोली बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काए ।

गएराति भएका अन्य खेलमा पोर्चुगलको बेनिफिकाले युक्रेनको डाईनामो किभलाई १-० ले हराउँदा टर्कीको बेसिक्टास र ईटालीको नापोलीले १-१ गोलको बराबरी खेलेका छन् ।