
काठमाडौं, कात्तिक २१ । स्पेनिश फुटबल लिग ला लिगामा रियाल मड्रिड शीर्ष स्थानमा कायमै छ ।
लिगको ११ औं खेलमा रियालले घरेलु मैदानमा लेगनेशलाई ३–० ले पराजित गरेको छ ।
रियाललाई जिताउन ग्यारेथ बेलले दुई गोल गरे । बेलले ३८ औं मिनेटमा पहिलो तथा ४५ औं मिनेटमा दोस्रो गोल गरे । त्यस्तै ७७ औं मिनेटमा अल्भारो मोराटाले एक गोल थपे ।
जितसँगै ११ खेलबाट २७ अंकको रियाल मड्रिड शीर्ष स्थानमा कायमै रहेको हो ।
२२ अंकको बार्सिलोना दोस्रो स्थानमा छ भने एथ्लेटिको मड्रिड र सेभियाको समान २१/२१ अंक छ ।
प्रतिक्रिया दिनुहोस्