
धादिङ, चैत १५ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर–७, पेटारेबाट प्रहरीले एक महिलालाई पक्राउ गरी ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले बिहीबार ४५ वर्षीया सुकुमाया तामाङलाई चरेस र गाँजासहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ ।
उनको घर तथा गोठमा लुकाइराखेको अवस्थामा ११० किलो चरेस, चरेस बनाउने धुलो ३२ किलो, गाँजा मिसिएको धुलो ३९० किलो र गाँजाको दानासहितको कच्चाधुलो १०९ किलो बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्