२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


डेभिस कपको उपाधि अर्जेन्टिनाले जित्यो, म्याराडोनाले खुशी मनाए


0
Shares

काठमाडौं, मंसिर १३ । यस वर्षको डेभिस कप टेनिसको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार भएको फाईनल खेलमा क्रोएसियालाई ३-२ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

विश्वकै प्रतिष्ठित टेनिस प्रतियोगिता डेभिस कपको उपाधि लेटिन अमेरिकी मुलुक अर्जेन्टिनाले जितेको यो पहिलो अवसर हो ।

३ खेलको समाप्तीसम्म २-१ ले पछि परेको अर्जेन्टिनाले यसपछिका दुई खेल जित्दै उपाधि सुरक्षित गर्‍यो । अर्जेन्टिनालाई विजयी गराउन हुँवा मार्टिन डेल पोर्टो र फेडेरिको डेल्बोनिसले निर्णायक खेल जिते ।

पोर्टोले क्रोएसियाका मारिन सिलिचलाई हराँउदा डेल्बोनिसले इभो कार्लोभिचलाई पाखा लगाए ।

यसअघि चार पटक फाईनलमा पुगेर पनि पराजित भएको टोली अर्जेन्टिनाले यसपटक क्रोएसियाको जाग्रेबमा भएको फाईनल जित्दै इतिहास रच्यो ।

अर्जेन्टिनाको समर्थनमा फुटबल हस्ती डिएगो म्याराडोनासहित झण्डै १५ सय टेनिस समर्थकहरु खेल हेर्न जाग्रेब पुगेका थिए ।

myrodona