
काठमाडौं, मंसिर १३ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् सोमबार भएका खेलहरुमा बानेश्वर रिक्रियस्नल सेन्टर र कीर्तिपुर फुटसल विजयी भएका छन् ।
समूह ‘ए’कोे खेलमा बानेश्वरले आदर्श फुटसललाई ४–० ले हरायो ।
जितसँगै १० खेलबाट २२ अंक जोडेको बानेश्वर समूह ‘ए’को अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
सोमबारै भएको समूह ‘बी’को खेलमा कीर्तिपुर फुटसलले घरेलु ‘फिल्ड’मा बिजी ब्रदर्शविरुद्ध ५–४ को कठिन जित दर्ता गर्यो ।
जितसँगै कीर्तिपुरको १० खेलबाट १० अंक भएको छ ।
प्रतिक्रिया दिनुहोस्