
पोखरा, मंसिर १३ । पोखराको अपर सेतीमा १५औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज कायाकिङ प्रतियोगिता सुरु भएको छ ।
नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो दिन सोमबार ‘डाउन रिभर रेस’ विधामा प्रतिस्पर्धा भएको छ ।
३७ जना विदेशीसहित ९२ जनाले सहभागिता जनाएको प्रतियोगितामा २५ जना फाइनल प्रतिस्पर्धाका लागि छानिएका छन् ।
दोस्रो दिन ‘बोर्डर क्रस हेड टु हेड’मा फाइनल प्रतिस्पर्धाका लागि चारजना छनोट हुनेछन् ।
प्रतियोगितामा सिनियरतर्फको विजेताले ५० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
यसअघि, भोटेकोसी, त्रिशूली, मर्स्याङ्दीलगायतका नदीमा हुँदै आएको प्रतियोगिता पहिलोपटक सेती नदीमा भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्