Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


सामाखुसी र किकअफ फुटसल विजयी


0
Shares

काठमाडौं, मंसिर १४ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् मंगलबार भएका खेलहरुमा सामाखुसी फुटसल र किकअफ फुटसल विजयी भएका छन् ।

समूह ‘बी’को खेलमा सामाखुसीले ताहाचल फुटसललाई ७–२ ले पराजित गर्‍यो ।

खेलमा सामाखुसीका लागि नवीन लामा र सुरज महर्जनले ह्याट्रिक पूरा गरे ।

मंगलबारै भएको समूह ‘ए’को खेलमा किकअफ फुटसलले चौर रिक्रियस्नल सेन्टरलाई ६–२ ले हराएको छ ।

यो जितसँगै समूह ‘ए’को अंकतालिकामा शीर्ष स्थानमा रहेको किकअफको ११ खेलबाट २७ अंक भएको छ ।