१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


विमान दुर्घटनाः मृत खेलाडीहरुलाई दक्षिण अमेरिकी च्याम्पियन घोषणा !


0
Shares

काठमाडौं, मंसिर १५ । विमान दुर्घटनामा परी ज्यान गुमाएका ब्राजिलियन फुटबल क्लबका खेलाडीहरुको सम्झनामा विश्वभर श्रदाञ्जलि दिइएको छ ।

ब्राजिलियन क्लब चापेकोन्सेका खेलाडीहरुसहित चार्टर गरिएको विमान मंगलबार कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटना हुँदा सबै खेलाडी र पदाधिकारीहरुले ज्यान गुमाएका थिए ।

खेलाडी, पदाधिकारी र २१ जना खेलकुद पत्रकारसहित उक्त विमानमा ८१ यात्री रहेका थिए । जसमध्ये ६ जनाको भने जीवितै उद्धार गरिएको छ ।

यही दुःखद् घटनाको सम्झनामा विश्वका चर्चित फुटबल खेलाडीहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

यसरी श्रद्धाञ्जलि व्यक्त गर्ने खेलाडीहरुमा ब्राजिलका नेइमार, अर्जेन्टिनाका लियोनल मेसी, इंग्ल्यान्डका वायन रुनीलगायतका छन् ।

तीन वर्ष शीर्ष डिभिजनबाट घटुवा नहुने व्यवस्था
ब्राजिलियन फुटबल महासंघले चापेकोन्से फुटबल क्लबलाई कम्तिमा तीन वर्ष ब्राजिलको शीर्ष डिभिजनबाट घटुवा नहुने व्यवस्था सुनिश्चित गर्ने प्रयास थालेको जनाएको छ ।

क्लबका सबै खेलाडीहरु दुर्घटनाको शिकार बनेपछि क्लबलाई आर्थिकरुपले टाट पल्टिनबाट जोगाउन यस्तो व्यवस्था गर्न लागिएको हो ।

कोलम्बियाको एथ्लेटिको नासियोनलसँग दक्षिण अमेरिकाकै प्रतिष्ठित कोपा सुदामेरिकाना फुटबल प्रतियोगिताको फाइनल खेल खेल्न जाँदा ब्राजिलियन क्लब दुर्घटनामा परेको हो ।

चापेकोन्सेविरुद्धको खेलको प्रतिद्वन्द्वी एथ्लेटिकोलाई यो खेलमा हार स्वीकार गर्न अनुरोधसमेत गरिएको छ ।

यसो गर्दा चापेकोन्सेका मृत खेलाडीहरुलाई दक्षिण अमेरिकी च्याम्पियन घोषणा गर्न सहयोग मिल्ने फुटबल अधिकारीहरुले बताएका छन् । (एजेन्सी)