२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


बानेश्वरको संघर्षपूर्ण जितमा कर्फुको ह्याट्रिक


0
Shares

काठमाडौं, मंसिर १७ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शुक्रबार भएको समूह ‘ए’को खेलमा बानेश्वर रिक्रियस्नल सेन्टरले इम्पेरियल फुटसललाई ६–५ ले पराजित गरेको छ ।

इम्पेरियल फुटसलको ‘फिल्ड’ कौशलटारमा भएको खेलमा घरेलु टोलीविरुद्ध संघर्षपूर्ण जित हासिल गर्नेक्रममा बानेश्वरका कर्फु रसाइलीले ह्याट्रिक पूरा गरे ।

इम्पेरियलका निराजन विक्रम गैरेले ४ गोल गरे पनि त्यसले टोलीको हार टार्न सकेन ।

शुक्रबारै भएको समूह ‘बी’को खेलमा कुमारी फुटसलले कीर्तिपुर फुटसललाई ८–२ ले पराजित गरेको छ ।

यो जितसँगै ११ खेलबाट २३ अंक जोडेको कुमारी अंकतालिकाको दोस्रो स्थानमा छ ।