
काठमाडौं, मंसिर १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार सात खेल हुँदैछन् ।
पहिलो बहुप्रतिक्षित खेलमा म्यानचेस्टर सिटी र चेल्सी खेल्दैछन् । म्यानसिटीको मैदानमा नेपाली समयअनुसार खेल साँझ सवा ६ बजेदेखि सुरु हुँदैछ ।
दुबै टिम उपाधिका दाबेदार हुन् । यो खेलमा विजयी भए म्यानसिटी लिगको शीर्ष स्थानमा पुग्नेछ । अंकतालिकामा शीर्ष स्थानमा रहेको चेल्सीको ३१ तथा म्यानसिटीको ३० अंक छ ।
लिभरपुलको पनि ३० अंक छ भने आर्सनलको २८ अंक छ । आर्सनलले राति सवा ११ बजे वेस्टह्याम युनाइटेडसँग उसकै मैदानमा खेल्दैछ ।
यसअघि, शनिबारै राति पौने ९ बजे पाँच खेल हुँदैछन् ।
क्रिस्टल प्यालेसले साउथ ह्याम्पटनसँग, स्टोक सिटीले बर्नलीसँग, सन्डरल्यान्डले लेस्टर सिटीसँग, टोटनह्याम हट्सपरले स्वान्सी सिटीसँग तथा वेस्टब्रोमविच आल्बियनले वाट्फोर्डसँग खेल्ने कार्यक्रम छ ।
हल सिटी, स्वान्सी र सन्डरल्यान्ड रेलिगेसन क्षेत्रमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्