
पोखरा, मंसिर २० । पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चलस्तरीय क्षेत्रीय छनोट खेलकुद प्रतियोगिता सोमबारदेखि पोखरामा सुरु भएको छ ।
मंसिर ३० गतेसम्म सन्चालन हुने प्रतियोगिताको नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे ।
उद्घाटन खेलमा १५ मिटरको दौडको उपाधि गुल्मीका रोहित अधिकारीले जिते । उनले निर्धारित दुरी ४ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक जिते ।
त्यसैगरी, ४ मिनेट ३३ सेकेन्डमा दुरी पूरा गर्दै पर्वतका प्रकाश कुवँरले दोस्रो र ४ मिनेट ३६ सेकेन्डमा दुरी पूरा गर्दै बागलुङका चन्द्रबहादुर मल्लले तेस्रो स्थान हासिल गरे ।
प्रतियोगितामा १६ जिल्लाका २६ सय खेलाडीले २४ ओटा खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका खेल पोखरामामात्रै सन्चालन नभइ अरु जिल्लामा पनि सन्चालन भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्