२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


बार्सिलोनामा मेस्सी भन्दा आर्ड तुरान चम्किए, बोरुसियामाथि सफलता


0
Shares

काठमाडौं, मंसिर २२ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएको हो । समूह सी अन्तर्गतको खेलमा बार्सिलोनालाई जिताउन आर्ड तुरानले ह्याट्रिक गरे भने लियोनल मेस्सीले एक गोल गरे ।

१६ औं मिनेटमा गोल गरेका मेस्सीलाई साथ दिँदै तुरानले ५०, ५३ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । जितपछि बार्सिलोना समूह सीको विजेता बनेको छ ।

राति नै भएको खेलमा म्यानचेस्टर सिटीले सेल्टिकसँग १–१ को बराबरी खेल्यो । बार्सिलोना १५ अंकसहित समूह विजेता तथा म्यानचेस्टर सिटी ९ अंकसहित समूह उपविजेता बन्यो ।

समुह ‘डी’ को खेलमा भने जर्मनी क्लब वायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई आफ्नो घरेलु मैदानमा १–० ले पराजित ग¥यो । म्युनिख रंगशालामा एट्लेटिकोलाई स्तब्ध पार्ने क्रममा लेवान्डोस्कीले गोल गरेका थिए ।