२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


विश्वकप टी–२० महिला छनोट खेलेको नेपाली टोली सरकारबाट सम्मानित


0
Shares

काठमाडौं, मंसिर २२ । युुवा तथा खेलकुद मन्त्रालयले विश्वकप ट्वेन्टी–२० क्रिकेट महिला छनोट चरण खेलेको नेपाली टोलीलाई सम्मान गरेको छ ।

हङकङमा गत अक्टोबरमा भएको छनोटमा दोस्रो हुँदै एसिया कपसमेत खेल्न पाएको टोलीलाई मन्त्रालयले बुधबार जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

१४ खेलाडी, एक प्रशिक्षक र एक फिजियोसहित १६ सदस्यीय टोलीलाई पूर्वघोषित पुरस्कारअनुसार सम्मान गरिएको हो ।

सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री दलजीत विके श्रीपाली र खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलले टोलीका सदस्यलाई सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले एसिया कपलाई इंगित गर्दै हार्दा निरास हुने र जितमा मात्तिने परिपाटीको अन्त्य गर्नुपर्ने बताउँदै हारबाट पाठ सिक्न सुझाव दिए ।

उनले अहिलेको एकमात्र अर्जुनदृष्टि सातौं राष्ट्रिय खेलकुद भएको बताउँदै सरोकारवाला सबैलाई यसैमा केन्द्रित हुन पनि आग्रह गरे ।

एसिया कपमा भने सबै खेल गुमाउँदै नेपाल ६ टोली सहभागी प्रतियोगिताको पुछारमा रहेको थियो ।