
काठमाडौं, मंसिर २४ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शुक्रबार भएको समूह ‘बी’को निकै महत्वपूर्ण खेलमा सामाखुसी फुटसलले कुमारी फुटसललाई ८–४ ले पराजित गरेको छ ।
सामाखुसीको ‘फिल्ड’मा भएको खेलमा घरेलु टोलीलाई दोस्रो चरण प्रवेश गर्ने सम्भावना कायम गर्न जित्नैपर्ने दबाब थियो ।
समूहको बलियो टोली कुमारीविरुद्ध ३ अंक जोडेसँगै सामाखुसी १३ खेलबाट २५ अंककासाथ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
शुक्रबारै भएको समूह ‘बी’को खेलमा किकअफ फुटसलले रजनी फुटसललाई ८–१ ले हरायो ।
समूह ‘बी’को शीर्ष स्थानमा रहेको किकअफ यसअघि नै प्रतियोगिताको दोस्रो चरणमा पुग्ने निश्चित भइसकेको थियो ।
प्रतिक्रिया दिनुहोस्