२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


रुसी खेलाडी डोपिङ प्रकरणमा नयाँ तथ्य सार्वजनिक, सरकारकै संलग्नता


0
Shares

काठमाडौं, मंसिर २५ । रुसी खेलाडी डोपिङ प्रकरणमा नयाँ तथ्य खुलेको छ । ओलम्पिक पदक विजेतासहित एक हजारभन्दा धेरै रुसी खेलाडीले सरकारी संलग्नतामा भएको डोपिङबाट फाइदा लिएको एक प्रतिवेदनले दावी गरेको हो ।

सन् २०११ देखि २०१५ को बीचमा सरकारको संलग्नतामा भएको डोपिङबाट फुटबलसहितका कम्तिमा ३० खेलका खेलाडीले सरकारी सहयोगमै प्रतिबन्धित शक्तिवर्धक औषधि लिएको खुलासा भएको हो ।

पदक जित्नका लागि भएको यो संस्थागत तथा निकै अनुशासित षडयन्त्र रहेको प्रतिवेदनका लेखक रिचार्ड म्याकलरेनले बताएका छन् ।

कानुन व्यवसायी म्याकलरेनका अनुसार लण्डन ओलम्पिक २०१२ मा डोपिङको प्रभाव धेरै परेको थियो ।

यस्तै विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०१३ तथा विन्टर ओलम्पिक सोची २०१४ मा पनि डोपिङकै कारण रुसी खेलाडीले धेरै पदक जितेको दावी गरिएको छ ।

रुसी खेलाडीले खेल पूर्व हुने डोपिङ परीक्षणबाट जोगिन नून र कफी प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)